थप समाचारबिहीबार, माघ १, २०७१

बैंकक अपहरणमा परेका नेपाली काठमाडाैं आइपुगे

हिमालखबर

थाइल्यान्डको बैंककमा गत ५ पुसमा अपहरणपछि प्रहरीको सहयोगमा अपहरणमुक्त भएका तीन नेपाली विद्यार्थी काठमाडाैं आइपुगेका छन् ।

बैंककस्थित एजम्पसन युनिभर्सिटी अफ थाइल्यान्डमा अध्ययनरत रोशन श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाल १ माघ दिउँसो नेपाल आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलमा आफन्त तथा साथीहरुले उनीहरुलाई टीका र फूलमाला लगाई स्वागत गरेका थिए ।

कर्ण हाछेथुका बुबा कृष्ण हाछेथुले ठूलो पीडापछि छोरालाई सकुुुशल भेट्न पाउँदा खुसी लागेको बताए । उनले भने, “अपहरणको खबर थाहा पाउँदा पीडाले बेहोस जस्तो भएको थिएँ, आज छोरो भेट्दा खुुसीले बेहोसजस्तो भएको छु ।”

अपहरणको सूचना पाएपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी बैंककमै गएर थाई प्रहरीसँग सहकार्य गरी चार दिनपछि अपहरणकारीलाई पक्राउ गरी र अपहरितलाई सकुशल उद्धार गरेका थिए । अपहरणकारीले नेपालमा फोन गरी प्रत्येकको परिवारबाट रु.एक करोड फिरौती माग गरेका थिए ।

ब्युरोका प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले विदेशमा रहेका नेपालीलाई आइपर्ने समस्याको समाधान गर्न नेपाल प्रहरीले समन्वयकारी भूमिका खेल्न सक्ने उदाहरणको रुपमा यो घटनालाई लिइएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>