समाचारमंगलबार, आश्विन ३०, २०६९
प्रधानमन्त्री गैरजिम्मेवार भएः महामन्त्री सिंह
राजधानीको मध्यवानेश्वरमा ३० असोजमा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा बोल्दै महामन्त्री सिंहले प्रधानमन्त्री भट्टराईको मनपरी गर्ने चाहना राष्ट्रपतिले पूरा हुन नदिने भएपछि उनी राष्ट्रपतिविरुद्ध खनिएको बताए ।
उनले भने, “राष्ट्रपति डा यादवबाट भएको पहल सकारात्मक छ, त्यही पहलबाट राजनीतिक दलहरुलाई सहमतिका लागि जिम्मेवार बनाएको छ ।” महामन्त्री सिंहले राष्ट्रिय सहमति कायम गर्ने दिशामा एकीकृत नेकपा माओवादी जिम्मेवार हुन नसकेको बताए ।
संविधानका विवादित मुद्दालाई जनमतसङ्ग्रहबाट टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उनले दलहरुकाबीचमा जस्तोसुकै सहमति भए पनि अन्ततः निर्वाचनमा जानुको विकल्प नभएकोमा जोडदिए ।
महामन्त्री सिंहले मुलुकको निकासका लागि दलहरूको प्रयास सार्थक बन्न नसके संविधानको रक्षकका हैसियतले राष्ट्रपतिले उचित कदम चालेर भए पनि मुलुकको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
