समाचारशुक्रबार, माघ २, २०७१
अब सहमति पर्खिइँदैन: सभाध्यक्ष नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताएका छन् ।
२ पुस बिहान संबिधानसभा परिसरमा दुईतिहाई भन्दा बढी सभासदहरुले प्रक्रियामा जान माग गर्दै बुझाएको हस्ताक्षर बुझ्दै सभाध्यक्ष नेम्वाङले संबिधानसभा प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् ।
४१३ सभासदको हस्ताक्षर बुझ्दै सभामुख नेम्वाङले दलहरुले नचाहेर मात्रै सहमति नभएको भन्दै थपे, “दुई घण्टामा सहमति गर्छु भन्नेहरु सहमति तर्फ अग्रसर नै भएनन, उनीहरुले नचाहेर सहमति नभएको हो ।”
प्रक्रियाको माग गर्दै बुझाइएको हस्ताक्षरमा कांग्रेस, एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दल, बहुजन पार्टी, नेपाली जनता दल, अखण्ड नेपाल पार्टी र जनजागरण पार्टीका सभासद सहित दुई स्वतन्त्र सभासद्को हस्ताक्षर छ ।
हस्ताक्षर अभियानका संयोजक सभासद प्रकाश ज्वालाले राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीका सभासदले हस्ताक्षर नगरे पनि प्रक्रियामा गए सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
