समाचारशुक्रबार, माघ २, २०७१
कोइरालाले दाहाललाई भने, ‘प्रतिवेदन मस्यौदा समितिमा पठाउन सहयोग गर्नुहोस’
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच २ माघ बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियामा सहमतिकै आधारमा अघि बढ्नुपर्ने आग्रह गरेको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री कोइरालाले आफू सहमतिको विरोधी नभएको बताउँदै संवैधानिक–राजनीतिक संवाद तथा समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउनका लागि सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
रासस
