समाचारशुक्रबार, माघ २, २०७१
‘नेपाली राष्ट्रियता बचाउने मधेशी जनता हुन्’
एमाओवादीका सभासद अग्नी सापकोटाले मधेशी जनताले नेपाली राष्ट्रियता जोगाएको बताएका छन् ।
संविधानसभामा बोल्दै सापकोटाले देशको राष्ट्रियता जोगाउनेहरुले अधिकार सुश्चित गर्ने संघीयता बनाउनुपर्ने बताए । उनले भने, ‘‘जनताको अधिकार खोस्नेगरी बनेको संविधानको प्रतिकार उत्रन्छौं, जनताकहाँ जान्छौं ।’’
सापकोटाले एक प्रतिशत भन्दा बढी जनसंख्या भएको जातिलाई राज्य दिनुपर्ने बताए । उनले जनतालाई अधिकार दिदा देश नटुक्रिने बताए । सापकोटाले भने, ‘‘गरिब जनताको अधिकार खोसिएर देश कमजोर भएको छ ।’’
असहमतिले अतिवाद जन्मायो
सभासद जितेन्द्र देवले मुलुकमा दलहरुबीच सहमति नहुँदा अतिवाद जन्मिएको बताए । उनले चन्द माओवादी र सीके राउत मुलुकले निकास नपाउँदा जन्मिएको अतिवाद भएको बताए ।
उनले भने, ‘‘जनताले स्वायत्त मधेस र संघीयतासहितको संविधान नल्याए हामी सीके राउतको पक्षमा जान्छौं भनेर धम्क्याउँछन् ।’’
