समाचारशुक्रबार, माघ २, २०७१

संविधानसभा बैठक बस्न नदिन दबाब

हिमालखबर

संविधानसभा बैठक बस्न नदिन दबाबएमाओवादी, मधेशकेन्द्रित दल लगायतको विपक्षी गठबन्धनले संविधानसभा बैठक बस्न नदिन दबाब दिएका छन् । गठबन्धनले ३ माघमा संविधानसभा बैठक बस्न नदिन दबाब दिएका हुन् ।

संविधानसभा बैठक जतिसक्दो लम्ब्याउने र मस्यौदा निर्माण प्रक्रिया शुरु हुन नदिन ३ माघमा बैठक नबस्न उनीहरुले चर्को दबाब दिएका हुन् । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले शनिबार सार्वजनिक बिदा परेकाले बैठक नबस्न दबाब दिएको संचारकर्मीसँग बताए ।

तर, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले शीर्ष नेताबीचको छलफल जारी रहने भएकाले संविधानसभा बैठक बस्नुपर्ने बताएका थिए । अध्यक्ष नेम्बाङले विपक्षी दलका सचेतकलाई बैठक बस्न आग्रह गरेपछि भने ३ माघ बिहान साढे ११ बजे संविधानसभा बैठक बस्ने तय भएको छ ।

यसअघि, २ माघमा बसेको संविधानसभा बैठकमा पनि विपक्षी गठबन्धनका सभासदले दोहोर्‍याएर बोलेका थिए । संवैधानिक–राजनीतिक, संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथि एमाओवादी, मधेशकेन्द्रित दल लगायतका गठबन्धनका सभासदले मात्रै आफ्ना कुरा राखेका थिए ।

बैठकमा सत्ता पक्षका झलनाथ खनाल, रामचन्द्र पौडेल र दीपक बोहोराले मात्र बोलका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>