समाचारशनिबार, माघ ३, २०७१

मृत फेला परेका तीन बच्चाकी आमा भेट्टिइन्

हिमालखबर


करिब दुई साता अघि सप्तरीको बैरवा नजिक कोशी नदी किनारमा मृत फेला परेका तीन बालबालिकाकी आमा भेट्टिएकी छिन् ।

सजनी सदा अस्पतालमा । तस्वीर: श्रवणकुमार देव

सजनी सदा अस्पतालमा । तस्वीर: श्रवणकुमार देव

२ माघमा बेहोस अवस्थामा फेला परेकी मृत बालबालिकाकी आमाको अहिले प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृतक बालबालिकाकी आमा २४ बर्षीया सजनीदेवी सदा बैरवा गाविस ८ स्थित डुबान क्षेत्रबाट फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले फेला पारेको तेरहौता–३ बस्ने अशोक सदाकी पत्नी सजनी बेहोस र नाजुक स्वास्थ्य अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलियामा भर्ना गरिएको छ ।

डिएसपी केदार ढकालले प्रहरी निगरानीमा उनको उपचार भइरहेको जानकारी दिए । सजनी अझै बोल्ने हालतमा नरहे पनि उनको स्वास्थ्य अवस्थामा निकै ढिलो गरी सुधार हुँदै गएको अस्पतालका चिकित्सक दिलिप कर्णले जानकारी दिए ।

१९ पुसमा बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धको छेउमा रहेको दोभान पोखरीमा ६ बर्षीय बालक सन्तोष सदा, तीन बर्षीया बालिका सन्तोषी र ६ महिनाकी बालिका मृत अवस्थामा फेला परेका थिए

त्यसअघि एक साता देखि वेपत्ता उनीहरु घाँटी पछाडिको हड्डी भाँचिएको अवस्थामा मृत फेला परेका थिए ।
घट्नाको बिषयमा अन्य अनुसन्धान भइरहेको डिएसपी ढकालले जानकारी दिएका छन् ।
-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>