समाचारशनिबार, माघ ३, २०७१

चार शक्तिको बैठक फेरि पनि निष्कर्ष विहिन

हिमालखबर

संविधानका विवादित विषयमा सहमति जुटाउन अन्ति प्रयासस्वरुप भन्दै बसेको चार प्रमुख शक्तिका शिर्ष नेताहरुको बैठक फेरि पनि विना निष्कर्ष टुङ्गगिएको छ ।

leadersसंविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गको पहलमा ३ माघमा भएको बैठकमा विवादित सबै विषयहरुमा छलफल भएको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

उनका अनुसार दलहरुवीच संघीयता बाहेक सबै विषयहरुमा लगभग सहमति भईसकेको छ ।

एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले संघीयताको विषय जटिल बन्दै गईरहेकाले सहमतिको सम्भावना कठिन रहेको बताए ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेशवादी दलहरु सहमति गरेर ८ माघमा गते संविधान जारी गर्ने पक्षमा नरहेकोले सहमति हुन नसकेको आरोप लगाए ।

बैठकपछि नेताहरुले बताए अनुसार कांग्रेस एमालेले संघीयतामा लचिलो बन्न एमाओवादीलाई आग्रह गरेका छन् । संघीयतामा लचिलो भए आफूहरुले जस्तोसुकै शासकीय स्वरुप पनि मान्ने कांग्रेस एमालेले बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी ओलीले ‘जातीय संघीयता छाड्नुहुन्छ भने जेजे भने पनि मान्छौं, तपाईंहरुले भनेजस्तो संविधानमा समर्थन गर्छौं’ भनेका छन् ।

जवाफमा प्रचण्डले १९ दलसँग सल्लाह गर्छु भनेका थिए ।

ओलीले त्यसो भने लगत्तै एमाओवादीको पहलमा उसको गठवन्धनमा आवद्ध १९ दलको बैठक संविधानसभा भवनमा बसेको थियो ।

स्रोतका अनुसार १९ दलमा रहेका मधेशवादी र केही साना दलले आफूहरुले प्रस्ताव गरेको संघीयताको खाका कुनै हालतमा संशोधन गर्न नहुने अडान राखेपछि केही बेरमै १९ दलको बैठक सकिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>