समाचारआइतबार, माघ ४, २०७१

नाम टिपाउँदै मोर्चा, नाम हटाउँदै कांग्रेस–एमाले

हिमालखबर

ccccc

तस्वीर: विक्रम राई

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि संविधानसभामा जारी छलफलमा एमाओवादी मोर्चाका सभासद्हरुले अझै नाम टिपाइरहेका छन् ।

आफ्नो अडानबारे बैठकमा बोलेरै ८ माघ टार्ने रणनीति बनाएको एमाओवादीसहितको १९ दलीय मोर्चाले २ माघदेखि जारी बैठकमा सवै सभासद्ले बोल्नलाई नाम टिपाएका छन् । मोर्चाका एक सभासद्का अनुसार ४ माघ विहान ८ः३० बजेदेखि शुरु भएको बैठकमा मोर्चाका ४० सभासद्ले नाम टिपाइसकेका छन् ।

संविधानसभामा प्रतिनीधित्व गर्ने १९ दलीय मोर्चासँग १५० सभासद् छ । उनीहरु सवैले बोल्ने निर्णय मोर्चाले गरेको छ ।

तर, फास्टट्रयाकबाट संविधानको मस्यौदा ८ माघमै ल्याउने भनिरहेका कांग्रेस–एमाले गठबन्धनका सभासद्हरुले भने टिपाएको नाम पनि फिर्ता लिएको छ । दलका नेताहरुले बाेलिसकेकाले टिपाएकाे नाम पनि फिर्ता लिएपछि याे गठबन्धनबाट अाजकाे छलफलमा कुनै सभासद्काे सहभागिता नहुने देखिने छैन ।

बैठकमा पुगेका सत्ता सभासद्हरु पनि विपक्षीहरुकाे नाम लिष्ट देखेपछि घाम ताप्न बाहिर निस्किएका छन् ।

२ माघबाट शुरु भएको बैठकमा अहिलेसम्म ८५ जना सभासद्ले बोलिसकेका छन् । तर, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ४ माघ विहानैबाट बोलाएको बैठक दिउँसो १ बजे सक्ने तयारी गरेका छन् ।

संविधानसभा नियमावलीले दलका नेतालाई बैठकमा बोल्न १० मिनेट र अन्य सभासद्लाई ५ मिनेट मात्रै समय दिएकाले मोर्चाका सवै सभासद्ले बोल्दा पनि बैठक लम्बिने देखिदैन । यसअघि, यही प्रतिवेदनमाथि सवै सभासद्ले धारणा राख्दा एक महीनाको समय वितेको थियो ।

सभाध्यक्ष नेम्वाङले दिउँसो १ बजे कार्य व्यवस्था परामर्स समितिको बैठक बोलाएका छन् । उक्त बैठकबाट नियमावली ९१ अनुसार प्रश्नावली समिति गठन गर्ने तयारी भइरहेको जनाइएको छ ।

४१३ सभासद्को हस्ताक्षर संकलन गरिरहेको कांग्रेस–एमाले गठबन्धन ८ माघमा जसरी पनि मस्यौदा ल्याउने तयारीमा छ भने एमाओवादी मोर्चा सहमति नजुटेसम्म संविधान निर्माण प्रक्रिया रोक्ने योजनामा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>