समाचारआइतबार, माघ ४, २०७१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
हालको मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलको २÷२ रुपैयाँ घटाएको हो । अव पेट्रोल प्रतिलिटर एक सय ११ रुपैयाँ ५० पैसा, डिजेल प्रतिलिटर ८८ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।
निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।
