समाचारआइतबार, माघ ४, २०७१
जनजाति सभासद्को भेला इन्द्रेणी फुडल्याण्डमा
नयाँ संविधानमा आदिवासी जनजातिबारे छलफल गर्न भन्दै काठमाडौंस्थित नयाँ बानेश्वरमा आदिवासी जनजाति सभासद्हरुको भेला शुरु भएको छ ।
आदिवासी जनजाति महासंघको आयोजनामा इन्देणी फुडल्याण्डमा भइरहेको भेलामा संविधानसभामा प्रतिनीधित्व गर्ने सवै दलका सभासद्हरुको उपस्थिति रहेको महासचिव पेम्वा भोटेले बताए । उनका अनुसार भेलामा कांग्रेस एमालेलगायत दलका सभासद्हरुको पनि सहभागिता छ ।
खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुका अनुसार भेलाले नयाँ संविधानमा जनजातिको अवस्थाबारे निर्णय हुनेछ ।
