समाचारसोमबार, माघ ५, २०७१
एमाओवादीले पुरानै अडान दोहोर्यायो, शीर्ष नेताहरुको छलफल जारी
संघीयताको विषयमा एमाओवादीले पुरानै अडान दोहोर्याएपछि सहमति नजिक पुगेर पनि दलहरुले ठोस निर्णय लिन सकेका छैनन् । ५ माघ बिहान लगभग विवादित सबै विषय टुंगिएको भनिए पनि ११ बजेको बैठकमा एमाओवादी नेताहरुले पुरानै अडान दोहोर्याएको एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिए ।
बैठकमा सहभागी कांग्रेसका एक नेताले एमाओवादी र मधेशकेन्द्रित दलहरुको लचकता देखावटी हुनसक्ने बताए ।
यद्यपी, सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफल भने जारी छ । दिउँसो साढे चार बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
समितिको बैठकपछि साँझ पाँच बजे भने संविधानसभा बैठक बस्नेछ । यसअघि दिउँसो एक बजेका लागि संविधानसभा बैठक बोलाइएको थियो ।
