समाचारसोमबार, माघ ५, २०७१

‘माकफुईँसँग डराउँन्नौं, संविधान आउँछ’

हिमालखबर

कमलादीमा भएकाे एमालेकाे भेला

कमलादीमा भएकाे एमालेकाे भेला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट पछाडि फर्कने प्रवृत्तिले सहमतिको संविधान आउन नसकेको बताएका छन् ।

काठमाडौंको कमलादीमा भएको बृहत कार्यकर्ता भेलामा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहमतिबाट पछाडि फर्केकाले सहमति जुट्न नसकेको बताए । उनले भने, ‘‘जातजातिलाई उचाल्नेतिर लाग्ने दाहाल संविधान निर्माणप्रति उदासिन देखिए ।’’

कार्यकर्ताको उपस्थितिले उत्साहित बनेका ओलीले सहमतिको संभावना न्यून हुँदै गएको बताए । उनले भने, ‘‘नेवारी भाषामा नचाहिदो कुरा धेरै गर्नेलाई माकफुँई भनिन्छ, हामी माकफुँईसँग डराउदैनौं ।’’

ओलीले एमाओवादी मोर्चालाई बाँदरको संज्ञा दिदै भने, ‘‘बाँदर रुखमा पस्दा हाँगा हल्लिन्छ, तर रुख उखेलिदैन । अहिले त्यस्तै भइरहेको छ तर संविधान बन्छ ।’’

संविधान निर्माणका सवालमा पार्टीभित्र मात्रै नभई अजेण्डा मिल्ने पार्टीहरुसँग पनि एकतावद्ध बनेर अघि बढेको ओलीले बताए । उनले कसैले पनि यो एकतालाई तोड्न नसक्ने बताए ।

जात भनेकाे जागिर हाेइन

लगातार कार्यकर्ताकाे ताली पाइरहेका अाेलीले जात जागिर नभएकाे बताए । उनले भने, “जात भनेकाे जागिर हाे ? भाेक लागेकाे मान्छेलाई जातकाे कुरा गर्नलाई ।”

उनले एमाअाेवादीले जातलाई उद्याेग सम्झेकाे बताए । विदेश गएका युवाहरु जातकाे कुराले नभई अवसरले स्वदेश फर्कने अाेलीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>