समाचारसोमबार, माघ ५, २०७१

एमालेलाई मधेश विरोधी भन्नुको अर्थ छैनः नेपाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई मधेश विरोधी पार्टी भन्नुको तुक नरहेको बताएका छन् ।

काठमाडौंको कमलादीमा ५ माघमा भएको बृहत कार्यकर्ता भेलामा नेपालले दशकौंदेखि मधेशी जनतासँग मधेशी जनताकै अजेण्डा लिएर हिडेको पार्टीलाई मधेश विरोधी भन्नेले आफुलाई नियाल्नुपर्ने बताए ।

नेपालले भने, ‘‘मधेशको प्रतिनीधि हुँ भन्नेहरु कहिले जन्मेका हुन्, अनि एमाले कहिलेदेखि मधेशमा छ ?’’ उनले एमाले देशको सवै भन्दा बढी समावेशी पार्टी भएको बताए ।

‘‘जनजाति, महिला, मधेशी सवै जाति र क्षेत्रको प्रतिनीधित्व एमालेमा छ, अरु यतिको समावेशी अर्काे पार्टी छ ?’’, नेपालले भने । उनले संविधान निर्माणमा पार्टी एकतावद्ध भएर आफ्नो अजेण्डामा उभिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>