समाचारबुधबार, कार्तिक १, २०६९
एमाले नेता ओली अमेरिकी अस्पतालमा भर्ना
आवुधावीबाट न्युयोर्क जाने क्रममै ज्वरो आएका ओलीलाई न्युयोर्कमा आकास्मिक कक्षमा लगिएको थियो । विगतमा मृगौला प्रत्यारोपण गरिएका ओलीको अवस्था चिकित्सकले शुरुमा चिन्ताजनक रहेको बताए पनि अहिले सुधारोन्मुख रहेको वताएका छन् । ओलीको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको चिकित्सकको भनाई छ ।
विरामी ओलीको अवस्थामा सुधार आएपछि उनलाई नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा ल्याइने अमेरिकानिवासी सिता खरेलले जानकारी दिएकी छन् ।
१ कार्तिकमा श्रीलंकाको कोलोम्बो जाने कार्यक्रम तय भएका ओली यसअघि मेक्सिकोमा एसियाली राजनीतिक दलहरुको सम्मेलनमा भाग लिएर फर्किएका थिए ।
