समाचारसोमबार, माघ ५, २०७१

अन्ततः दलहरुबीच सहमति जुटेन

हिमालखबर

संविधानका विवादित विषयमा ५ माघमा दलहरुबीच दिनभरजसो  छलफल भएपनि  सहमति  भने हुन  सकेन ।

संविधानका विवादित अन्य विषयमा दलहरु  सहमति नजिक पुग पनि संघीयतामा कुरा मिल्न नसकेपछि दलहरुबीचको बैठक निस्कर्ष विहिन बनेको हो  ।  ४ माघमा प्रमुख दलहरु संविधानका विवादित विषयहरु-  शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा  सहमत र संघीयतामा सहमतिको नजिक पुगे पनि   आज (५ माघ) को छलफलमा  एमाओवादीले कुरा फेरेपछि सहमति जुट्न नसकेको हो ।

दलहरुबीच सहमति जुट्न नसकेपछि  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका  छन् ।

यता,  दिउँसो १ बजेबाट संविधानसभा बैठक शुरु हुने भनेपछि संविधानसभा भवन पुगेका दलहरु अहिले पनि संविधानसभामै बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>