समाचारसोमबार, माघ ५, २०७१
‘हामीलाई दलित हाेइन प्रतिभा लेख्नुहाेस्’
अब बन्ने संविधानमा दलित भन्ने शब्द हटाई प्रतिभा शब्द राख्न माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दलित अगुवाले ज्ञापनपत्र बुझाएका छन् ।
समाजका अध्यक्ष दलबीर विश्वकर्मा रसाइली नेतृत्वको टोलीले ५ माघ साँझ नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सभाअध्यक्षलाई मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
दलित समुदायलाई विशेष सुविधा दिँदा र कार्यक्रम सञ्चालन गर्दा तल्लो तहदेखि शैक्षिक वृद्धि, आर्थिक वृद्धि, समाजिक असमानता, छुवाछूत निर्मूल पार्ने ठोस योजना कार्यान्वयन गर्न सक्ने एक सशक्त संवैधानिक आयोगको व्यवस्था संविधानमा सुनिश्चित गर्न पनि समाजले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले माग जायज र अहिलेको युग सुहाउँदो रहेकाले यसलाई संविधानसभामा पेस गरी पारित गराउन प्रयास गर्ने आश्वासन दिएको समाजका अध्यक्ष रसाइलीले बताए।
उनले दलित आफैंमा हेपिएको शब्द रहेकाले २१ औँ सताब्दीअनुसार सुहाउँदो शब्द प्रतिभा राखिनुपर्नेमा माग गरे ।
