समाचारसोमबार, माघ ५, २०७१

नौ घण्टादेखि सभासद्हरु संविधानसभाभित्रै

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा भवन छोडेर अन्यत्र नजान भनेपछि सभासद्हरु नौ घण्टादेखि त्यहीं बसिरहेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय पर्खिरहेका सभासद्हरु नौ घण्टादेखि  संविधानसभा भवनमै  बसिरहेका हुन् । सभासद्हरुलाई सभाध्यक्ष सुवास नेम्वाङले परामर्श समितिको बैठक पर्खन भनेपछि आफूहरुले बैठकको निर्णय पर्खेर बसेको  सभासद् विशाल भट्टराईले बताए ।

उनका अनुसार परामर्श  समितिको बैठकमा सहमति नजुटे पनि सभाध्यक्ष नेम्वाङले प्रक्रिया अघि बढाउने बताएका छन् ।

यसअघि, सभासद्हरुले संविधानसभालाई बन्धक नबनाउन भन्दै नाराबाजीको तयारी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>