समाचारसोमबार, माघ ५, २०७१

प्रश्नावली समिति गठन गर्ने निर्णय

हिमालखबर

संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रश्नावली समिति गठन गर्ने  निर्णय गरेको छ ।

५ माघ राति करिब पौने ११ बजे सम्पन्न परामर्श समिति बैठकले संविधानसभाका विवादित विषयहरुमा प्रश्नालली बनाएर संविधानसभामा पेश गर्नका लागि  समिति गठन गर्ने  निर्णय गरेको सभासद् विशाल भट्टराईले जानकारी दिए  ।

उनका अनुसार  समितिको भर्खरै सकिएको बैठकमा  एमाओवादी नेतृत्व मोर्चाका सवै सभासद्ले बोलेपछि यस्तो निर्णय भएको हो ।

यसअघि एमाओवादी मोर्चाले सभाध्यक्ष नेम्वाङको यो प्रतास्वमा असहमति जनाएको थियो । अहिले पनि सभाध्यक्षकाे निर्णय स्वीकार्य नभएकाे प्रतिपक्षले जनाएकाे छ ।

कांग्रेस सभासद गगन थापाले निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्याय प्रणालीमा दलहरुबीच कुरा मिलेको र संघीयतामा पनि अरु सबै कुरा मिले पनि तराईका पाँच जिल्ला कुन प्रदेशमा राख्ने विषयमा कुरा नमिल्दा समझदारी बन्न नसक्नु दुर्भाग्य रहेको बताएका छन् ।

उनले अब संविधानसभाको प्रक्रिया  अगाडि बढ्ने  तर  पनि कांग्रेसले समझदारीको लागि इमान्दार प्रयत्न भने गरिरहने दाबी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>