समाचारबुधबार, कार्तिक १, २०६९

पाल्पामा जीप दुर्घटना, २ को मृत्यु १९ घाईते

हिमालखबर

सदरमुकाम तानसेन आउँदै गरेको लु १ ज २१६९ नम्बरको जीप पाल्पाको दर्लमडांडा ९ गेझाठाटी निर बिहान साढे ९ बजे दुर्घटना हुदा दर्लामडाडा–७ का ६० बर्षीय धन बहादुर खाम्चा र ३ की ५५ बर्षीया गंगा खाम्चाको ज्यान गएको हो ।

गंगा खाम्चाको घटनास्थलमै र धन बहादुरको उपचारको लागी मिसन अस्पताल तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । घाईते १९ जनाको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको र उनीहरुको अबस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

खाल्डाखुल्डी भएको बाटोमा गुडिरहेको जीप असन्तुलित भई सडक बाट ५० मिटर तल बारीमा खसेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>