समाचारबुधबार, कार्तिक १, २०६९

चन्दा आतङ्क रोक्न ट्रान्सपरेन्सीको आग्रह

हिमालखबर

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले १ कार्तिकमा एक विज्ञप्ति जारी गर्दै अभाव, गरिबी र अत्यधिक मूल्य वृद्धिबाट पिरोलिएका नेपालीमाथि अनधिकृत र अपारदर्शी तरिकाले आतङ्क शुरु हुनु चिन्ताको विषय हो भनेको छ ।

संसारभर रहेका नेपालीले खुसियालीका साथ मनाउने बडादशैंजस्तो महत्वपूर्ण चाडको पूर्वसन्ध्यामा चन्दा, बडादशैं खर्चका नाममा आतङ्क मच्चाउनु उपयुक्त नहुने धारणा उक्त संस्थाको छ ।

संस्थाले दसैँका बेलामा मात्र नभइ जुनसुकै समयमा पनि कानुनले निषेध गरेको यस्ता अपारदर्शी क्रियाकलाप नगर्न र गर्न नदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>