समाचारमंगलबार, माघ ६, २०७१
झिसमिसे नहुँदै एमाओवादी मोर्चा आगजनीमा उत्रियो
मध्यरातमा संविधानसभा भवनभित्र तोडफोड गरेको एमाओवादी मोर्चाका कार्यकर्ता झिसमिस नहुँदै तोडफोड र अागजनीमा उत्रिएका छन् ।
एमाओवादीसहितको ३० दलीय मोर्चाका कार्यकर्ताले ६ माघ विहानै ललितपुरको झम्सिखेलमा ट्याक्सी जलाएका छन् ।
काठमाडौंका विभिन्न स्थानमा माेर्चाका कार्यकर्ता सडकमा निस्किएर यातायात ठप्प पारेका छन् । आगजनी र तोडफोडमा कार्यकर्ताहरु उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
