समाचारमंगलबार, माघ ६, २०७१
‘शक्तिखोर योजना सिद्ध गर्न हिंसात्मक बाटो’
नेपाली कांग्रेसका सभापति उपसभापति रामचन्द्र पौडेलले एमाओवादी हिंसात्मक गतिविधिबाट संविधानसभालाई रणनीतिका रुपमा प्रयोग गर्नतिर लागेको बताएका छन् ।
पौडेल भन्छन्, ‘‘माओवादी नेता बाबुरा भट्टराईले अनेक छलकपट गरेर समय लम्ब्याउनुभो, सहमति पनि गर्नुभएन । नेपालको संविधानसभा, लोकतन्त्र र विकालाई अव माओवादीको बन्धक बनाइरहन सकिदैन ।’’
‘‘प्रक्रियामा गइरहेको कुरालाई उहाँहरुले बल प्रयोग गरेर रोक्न खोज्नुभयो । सभाध्यक्षमाथि नै हमला गर्ने उद्देश्य राखियो, केही मर्यादा पालक घाइते हुनुभयो । संविधानसभामा एउटा गम्भीर प्रकृतिको हिंसात्मक घटना गराइयो ।’’, उनी थप्छन् ।
पौडेल भन्छन्, ‘‘यो संविधान बनाउँने तरिका होइन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्तिखोरमा ‘यो संविधानसभा भनेको हाम्रो रणनीतिक बाटो मात्र हो’ भन्नुभएको थियो । आज त्यो सिद्ध भयो ।’’
नागरिक दैनिकबाट
