समाचारमंगलबार, माघ ६, २०७१

बन्दकर्ताद्वारा जताजतै आगजनी (अपडेट)

हिमालखबर

एमाओवादीसहितको तीस दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका कार्यकर्ता आगजनी तथा तोडफोडमा उत्रिएका छन् । संयुक्त रुपमा आह्वान गरेको बन्दको क्रममा उनीहरुले ६ माघ बिहानैदेखि तोडफोड तथा आगजनी गरिरहेका छन् ।

बाँके

बाँकेमा बन्दकर्ताले ना ३ ख ३७११ नम्बरको बसमा तोडफोड गरेका छन् । काठमाडौंदेखि नेपालगञ्ज जाँदै गरेको बसमा बन्दकर्ताले कोहलपुर–१० रामनगर नजिक बस तोडफोड गरेका हुन् ।

तोडफोडपछि बन्दकर्ता भने भागेको प्रहरीले जनाएको छ ।
केशव राना, बाँके

चितवन

बन्दकर्ताले चितवनमा तीन वटा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनको खैरहनी र भरतपुरका विभिन्न दुई स्थानमा बन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् ।

खैरहनीस्थित साईबाबा ग्यास उद्योगअगाडि ना ४ ख ८५२३ नम्बरको ट्रकमा आगजनी भएको छ । यस्तै, भरतपुरको मिलनचोकमा पूर्वतर्फ जाँदै गरेको ना ३ ख २५८६ नम्बरको ट्रक र मुगलिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ३८४१ नम्बरको ट्रकमा भरतपुर–१ रामनगरमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

नयाँ बानेश्वर, काठमाडौं

बन्दकर्ताले कुटनीतिक नियोगको गाडीमा तोडफोड गरेका छन् । यूएनको ७१०२२३ नम्बरको मोटरसाइकलमा उनीहरुले तोडफोड गरेका हुन् ।

तोडफोडपछि बन्दकर्ताले पत्रकारलाई पनि हातपात गरेका छन् ।

बनस्थली, काठमाडौं

बनस्थलीमा बा १ ज ८२२२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् ।
गुहेश्वरीमा पनि बन्दकर्ताले बस र वीर अस्पताल अगाडि मोटरसाइकलमा आगजनी ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>