समाचारमंगलबार, माघ ६, २०७१

बन्दकर्ताले स्कुलका विद्यार्थीको उत्तरपुस्तिका जलाए

हिमालखबर

नेपालगञ्जको विद्यालयमा परीक्षा सञ्चालन भइरहेको बेला पुगेका बन्दकर्ताले विद्यार्थीको उत्तरपुस्तिका खोसेर जलाइदिएका छन् ।

नेपालगञ्जमा रहेको वेष्टजोन स्कुलमा ‘बन्दमा किन खोलेको’ भन्दै विद्यार्थीको उत्तरपुस्तिका खोसेर जलाइदिएको सञ्चालक समिति सदस्य बेदराज केसीले हिमाल खबरलाई जानकारी दिए ।

४ माघदेखि प्याब्सनले सञ्चालन गरेको सेन्टअप परीक्षा अन्तरगत ६ माघमा विहान कक्षा १० विद्यार्थीले सामाजिक अध्ययन विषयको परीक्षा दिइरहेका थिए ।

विद्यालयका प्रिन्सिपल रमाकान्त गौतमले बन्दकर्ता आएर उत्तरपुस्तिका जलाइदिएपछि अहिले विद्यालय बन्द गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुशील सिंह राठोरले घटना भइसकेपछि सूचना पाएको प्रहरीले दोषीको खोजी गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>