समाचारमंगलबार, माघ ६, २०७१
सभासद बरालको गाडी तोडफोड, बुद्धनगरमा दुई मोटरसाइकल जलाइए
बन्दकर्ताले कांग्रेस सभासद मोहन बराल चढेको गाडी तोडफोड गरेका छन् ।

काठमाडौंको बुद्धनगरमा मोर्चाका कार्यकर्ताले जलाएको मोटरसाइकल । तस्वीर: देवकी बिष्ट
माउण्टेन टेलिभिजनमा अन्तर्वार्ता दिएर फर्कंदै गरेको कांग्रेसका तर्फबाट सिन्धुलीका सभासद मोहन बराल चढेको गाडी काठमाडौंको नयाँ बानेश्वर नजिक बन्दकर्ताले तोडफोड गरेका हुन् ।
बिजुली बजारमा गाडीमाथि ढुंगा प्रहार हुँदा गाडीका सिसा फुट्नुका साथै गाडीमा क्षति पुगेको छ ।
त्यसैगरी बन्दकर्ताहरुले बुद्धनगरको पुल मुनी दुईवटा मोटर साइकल जलाएका छन् ।
