समाचारमंगलबार, माघ ६, २०७१
‘कुर्सी भाँच्नु प्राविधिक कुरो हो, फेरि प्रतिकारमा उत्रन्छौं’
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा बैठकमा फेरि पनि प्रतिकारमा उत्रने बताएका छन् ।
पोखरेलले हिमालखबरसँग कुरा गर्दै भने, ‘‘कुर्सी भाँच्नु प्राविधिक कुरा हो । सभाध्यक्षले प्रक्रिया अघि बढाए फेरि प्रतिकारमा उत्रन्छौं ।’’
उनले संविधानसभामा ६ माघ विहान एमाओवादी मोर्चाले गरेको तोडफोडलाई ठूलो विषय बनाउन नहुने बताए । पोखरेलले भने, ‘‘देश नै भत्कन लागेको बेला कुर्सी तोडफोडको कुरा नर्गनुहोस् ।’’
सभाध्यक्ष नेम्वाङले मोर्चाको कुरा नसुनेकाले आक्रोश व्यक्त गरिएको उनले बताए ।
संविधानसभामा ५ वटा समिति हुँदाहुँदै अर्काे समिति बनाउनेतिर सभाध्यक्ष लागि परेकाले प्रतिकारमा उत्रन बाध्य भएको बताउँदै पोखरेलले भने, ‘‘प्रक्रिया नरोकेसम्म संविधानसभा अघि बढाउन दिदैनौं ।’’
बस्ने कुर्सी तोड्नुभयो अव कहाँ बस्नुहुन्छ ? भन्ने प्रश्नमा पोखरेलले भने, ‘‘त्यो सभाध्यक्षको कुरा हो । हामीले चिन्ता किन लिने ?’’
एमाअाेवादी माेर्चाले ३० वटा बढी कुर्सी फुटेकाे संविधानसभा सचिवालयका सचिव ठाकुरप्रसाद बरालले बताए ।
