समाचारमंगलबार, माघ ६, २०७१
संविधानसभामा आक्रमण, मानव सभ्यतामाथिको हमला: एमाले
नेकपा एमालेले एमाओवादी मोर्चामा संलग्न सभासदहरुले संविधानसभाभित्र गरेको आक्रमण र तोडफोडलाई मानव सभ्यतामाथिको हमला भनेको छ ।
६ पुसमा बसेको एमाले स्थायी कमिटीको बैठकले ५ माघ राति संविधानसभाको बैठकमा एमाओवादी मधेशकेन्द्रित लगायत दलका सभासदले गरेको आक्रमण र तोडफोड नियोजित भन्दै तोडफोडमा संलग्नलाई कारवाही गर्न माग समेत गरेको छ ।
संविधानसभा भवनमा बसेको बैठकमा अघिल्लो दिनको तोडफोड र अवरोधको समीक्षा भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनले भने, “हिजो राति जे भयो, त्यो नेपाल राष्ट्रलाई असफल पार्ने नियोजित षडयन्त्र हो ।”
बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संविधान निर्माणको प्रक्रिया दृढताका साथ अघि बढाउन समेत आग्रह गरेको छ भने अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, सभासद ऋषिकेष पोखरलेमाथि भएको आक्रमण प्रयासको पनि भर्तसना गरेको छ ।
