समाचारबिहीबार, कार्तिक २, २०६९

‘एमाओवादीसँग वार्ता गर्नुको औचित्य छैन’

हिमालखबर

१ कार्तिकमा दुई दलका शीर्ष नेताहरूबीच भएको बैठकले अहिलेको सरकार रहेसम्म सहमति कायम हुन नसक्ने भन्दै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

दुई दलबीच वर्तमान सरकार रहेकै अवस्थामा वार्ता गर्नुको औचित्य नभएको र त्यसले सहमतिको वातावरण पनि कायम नहुने भएकाले तिहारलगत्तै आन्दोलनमा जाने सहमति भएको बैठकमा सहभागी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले भने, “माओवादीले सहमति गरे पनि पालना नगर्ने गरेकाले उसँग वार्ता गर्नुको औचित्य छैन, त्यसैले अब हामी आफ्नो तयारीमा लाग्छौँ ।”

बैठकले संविधानसभा पुनःस्थापना गर्नुको कुनै तुक नहुने भएकाले नयाँ निर्वाचनमै जानुपर्ने निर्क्यौल पनि गरेको छ ।

भर्खरै बेल्जियमबाट फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने संविधान सभाको पुनःस्थापनाबाटै संविधान घोषणा हुने भन्दै त्यसमा एमाले र कांग्रेस पनि सहमत हुने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>