समाचारमंगलबार, माघ ६, २०७१
संबिधानसभा बैठक शुरु, मोर्चाका सभासदद्वारा रोष्टम घेराउ
६ माघ दिउँसो १ बजे बोलाइएको संविधानसभाको बैठक करिब दुईघण्टा ढिलो गरी शुरु भएको छ भने बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ गरेका छन् ।
आजको बैठकमा कांग्रेसका मुख्य सचेतक एवम् सभासद् चीनकाजी श्रेष्ठले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्ने कार्य सूची थियो । तर बैठक शुरु भए लगत्तै एमाओवादी र मधेशवादी लगायतका सभासदहरुले रोष्टम घेराउ र नाराबाजी गरिरहेका छन् ।
५ माघ राति सभाध्यक्ष सुवास नेम्वाङले सभासद् श्रेष्ठलाई प्रस्ताव पेश गर्न समय दिय लगत्तै एमाओवादी, मधेशकेन्द्रित लगायत दलका सभासदहरुले संबिधानसभा बैठक कक्षको कुर्सी तथा माइक तोडफोड गरेका थिए । केही नेतामाथि आक्रमणको प्रयास समेत भएको थियो ।
आजको बैठकमा भने मर्यादा पालकहरुको संख्या बढाइएकोले हिंजोको जस्तो अप्रिय घटना हुन पाएको छैन ।
मर्यादापालकले सभाध्यक्षसहित कांग्रेस, एमाले लगायतका सत्ता पक्षका सभासदहरुलाई हाते साङ्लो बनाएर सुरक्षाा दिइरहेका छन्
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई सहितका मोर्चामा अावद्ध सभासदहरु ‘दुई तीहाईले संविधान जारी गर्न पाइँदैन लगायतका नारा लगाइरहेका छन् ।’
