समाचारमंगलबार, माघ ६, २०७१

संविधान निर्माणबाट पार्टी विचलित नहुने: कांग्रेस

हिमालखबर

नेपाली कांग्रेसले ५ माघ रातिको संविधानसभा बैठकमा भएको आक्रमणको घटनालाई ‘गैरराजनीतिक र गैरसंसदीय घटना’ भनेको छ ।

congressनेपाली कांग्रेसको ६ माघमा संविधानसभा भवनमा बसेको संसदीय दलको बैठकले यस्तो घटनाबाट विचलित नभई संविधान निर्माण गर्न पार्टी निरन्तर लागिरहने पनि स्पष्ट गरेको छ ।

पार्टीले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ । बैठकपछि कांग्रेसका सभासद् गगनकुमार थापाले दिएको जानकारीअनुसार बैठकले सभाध्यक्ष सुवास नेम्वाङलाई सभाका बैठक निरन्तर सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै कांग्रेसले राजनीतिक समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्न आग्रह गर्दै यसका लागि पार्टी खुल्ला रहेको जनाएको छ ।

बैठकपछि सभासद् अर्जुनप्रसाद जोशीले संविधानका अन्तरवस्तुमा सहमतिका लागि ढोका बन्द नभएको र संविधानसभालाई कहीँकतैबाट बन्धक बनाउन नहुने निर्णय भएको बताए ।

बैठकको शुरुमा प्रधानमन्त्री तथा पार्टीका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे अवगत गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>