समाचारमंगलबार, माघ ६, २०७१

डेढ घण्टाको नाराबाजी पछि संविधानसभा बैठक स्थगित

हिमालखबर

टेलिभिजन तस्वीर

टेलिभिजन तस्वीर

एमाओवादी नेतृत्वको मोर्चामा आवद्ध सभासदहरुले बैठक अवरुद्ध पारेपछि संविधानसभाको ६ माघको बैठक स्थगित भएको छ ।

दिउँसो २ः४४ बजे बैठक शुरु भए लगत्तै नाराबाजी शुरु गरेका मार्चा सम्बद्ध सभासदहरुले करिब डेढ घण्टासम्म लगातार नाराबाजी गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले बैठक ७ माघ बिहान ११ बजे बस्ने गरी स्थगित गरेको घोषणा गरेका छन् ।

बैठकमा संविधान निर्माणको प्रक्रिया अघि बढाउनु पर्ने भएकाले बैठक अवरुद्ध नपार्न अध्यक्ष नेम्वाङले गरेको आग्रहलाई उनीहरुले मानेनन् ।

बैठक स्थगितको घोषणा पछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा मोर्चामा आवद्ध सभासदहरु नारबाजी गर्दै नयाँबानेश्वरको सडकमा निस्किएर बबरमहलतर्फ लागेका छन् ।

————————————————————————————-

संबिधानसभा बैठक शुरु, मोर्चाका सभासदद्वारा रोष्टम घेराउ

BICC६ माघ दिउँसो १ बजे बोलाइएको संविधानसभाको बैठक करिब दुईघण्टा ढिलो गरी शुरु भएको छ भने बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ गरेका छन् ।

आजको बैठकमा कांग्रेसका मुख्य सचेतक एवम् सभासद् चीनकाजी श्रेष्ठले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्ने कार्य सूची थियो । तर बैठक शुरु भए लगत्तै एमाओवादी र मधेशवादी लगायतका सभासदहरुले रोष्टम घेराउ र नाराबाजी गरिरहेका छन् ।

५ माघ राति सभाध्यक्ष सुवास नेम्वाङले सभासद् श्रेष्ठलाई प्रस्ताव पेश गर्न समय दिय लगत्तै एमाओवादी, मधेशकेन्द्रित लगायत दलका सभासदहरुले संबिधानसभा बैठक कक्षको कुर्सी तथा माइक तोडफोड गरेका थिए । केही नेतामाथि आक्रमणको प्रयास समेत भएको थियो ।

आजको बैठकमा भने मर्यादा पालकहरुको संख्या बढाइएकोले हिंजोको जस्तो अप्रिय घटना हुन पाएको छैन ।

मर्यादापालकले सभाध्यक्षसहित कांग्रेस, एमाले लगायतका सत्ता पक्षका सभासदहरुलाई हाते साङ्लो बनाएर सुरक्षाा दिइरहेका छन्

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई सहितका मोर्चामा अावद्ध सभासदहरु ‘दुई तीहाईले संविधान जारी गर्न पाइँदैन लगायतका नारा लगाइरहेका छन् ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>