समाचारबुधबार, माघ ७, २०७१

संविधानसभा बैठक फेरि अवरुद्ध

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले ७ माघको संविधानसभा बैठक पनि अवरुद्ध पारेपछि बैठक दिउँसो १:३० बजे पुन: बस्ने गरी स्थगित भएको छ ।

निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलो गरी शुरु भएको ७ माघको संविधानसभा बैठक शुरु भएलगत्तै एमाओवादी, मधेशकेन्द्रित लगायतका दलका सभासदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरे ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नारावाजी गरिरहेका सभासद्हरुलाई राजनीतिक दलहरु आफैले प्रतिवद्धता गरेको संविधान जारी गर्ने समय ८ माघ आउन एक दिन मात्रै भएकोले संविधानसभाको बैठक अवरुद्ध नपार्न आग्रह गरेका थिए ।

“माननीय सभासदहरु माघ ८ आउन एक दिनमात्र बाँकी छ, यसरी बैठक अवरुद्ध पार्नु ठिक होइन, भोली हामीले जनतालाई के भन्ने,” नेम्वाङले सभाध्यक्षको आसनबाट भने ।

बैठक अवरुद्ध भइरहेपछि आजै दिउँसो १ः३० बजेसम्मका लागि स्थगित गरिएको नेम्वाङले घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>