समाचारबुधबार, माघ ७, २०७१
संवादलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय समुदायको आग्रह
नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले बृहत राष्ट्रिय स्वार्थका लचकता र महत्वका साथ संवैधानिक संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवाशीय प्रतिनिधिको सचिवालयले ७ माघमा विज्ञप्ति निकालेर राजनीतिक दलहरुबीच पछिल्ला दिनहरुमा देखिएको तनावप्रति चासो व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “संविधान देशको निकट भविश्यलाई मार्गनिर्देश गर्ने आधारभूत दस्तावेज हो, यस्को शान्तिपूर्ण कार्यान्वयन र स्थायित्वका लागि नेपाली जनताको बृहत् समर्थन आवश्यक हुन्छ, अन्तर्राष्ट्रिय समुदाय समावेशी संविधान सुनिश्चितताका लागि थप प्रयास गर्न राजनीतिक दललाई आग्रह गर्दछ ।”
अन्तर्राष्ट्रिय समुदायले हिंसा र हिंसाको धम्कीलाई भर्त्सना गर्दै सबै दललाई वार्ताको टेबलमा आउन विज्ञप्तिमा भनिएको छ ।

