समाचारबुधबार, माघ ७, २०७१

एमाले र एमाओवादी मोर्चाबीच सप्तरीमा झडप

हिमालखबर


सप्तरी सदरमुकाम राजविराजमा नेकपा–एमाले र एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताहरुबीच झडप भएको छ ।

ढुँगा लागेर  घाइते एमाले जिल्ला सदस्य शुभकलाल रामलाई उद्धार गर्दै कार्यकर्ताहरु । तस्वीर: श्रवणकुमार देव

ढुँगा लागेर घाइते एमाले जिल्ला सदस्य शुभकलाल रामलाई उद्धार गर्दै कार्यकर्ताहरु । तस्वीर: श्रवणकुमार देव

७ माघ दिउँसो राजविराजमा भएको झडपमा ढुँगा लागेर एमाले जिल्ला सदस्य शुभकलाल रामको टाउको फुटेको छ ।

एमालेको राजविराज पार्टी कार्यालयमा ६ माघमा भएको आगजनीको बिरोधमा निस्केको एमालेको र्‍याली र स्थानीय जनआन्दोलन चोकमा सभा गरिरहेका ३० दलीय मोर्चाका नेता-कार्यकर्ताबीच झडप भएको हो ।

एमालेले निकालेको र्‍याली सिरहा रोड हुँदै जनआन्दोलन चोकमै जान खोज्दा संभावित झडप हुन नदिन प्रहरीले जिल्ला विकासको गल्लीबाट पठाएको थियो । र्‍याली जिविसको गल्लीतर्फ लाग्दै गर्दा एमाओवादी मोर्चाका केही कार्यकर्ताहरु दौड्दै र्‍यालीमाथि जाइलागेपछि दुबै पक्षबीच झडप भएको हो ।

ठूलो संख्यामा खटिएका सुरक्षकर्मीले हस्तक्षेप गर्दागर्दै पनि ढुँगा लागेर एमाले जिल्ला सदस्य शुभकलाल रामको टाउको फुटेको छ । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।

६ माघमा राजविराजको मदननगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको आगजनीबाट कार्यालयभित्रका सम्पूर्ण कागजात र फर्निचर नष्ट भएका छन् ।
एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले आफूहरुले निकालेको शान्ति र्‍यालीमा मोर्चाका कार्यकर्ताबाट आक्रमण हुनु निन्दनीय भएको बताएका छन् ।
दुई पक्षबीचको झड्पछि राजविराजको चारैतिर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>