समाचारबिहीबार, माघ ८, २०७१
सभाध्यक्ष नेम्वाङलाई मोर्चाको ध्यानाकर्षण
एमाओवादी र मधेशी मोर्चाले संविधानसभा भवन प्रवेशका लागि सभासद्हरुमाथि गरिएको कडा सुरक्षा जाँचप्रति सभाध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण गराएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताले संविधानसभा बैठक शुरु हुनुअघि अध्यक्ष सुवास नेम्वाङलाई भेटी संविधानसभालाई जेलजस्तो बनाइएको आरोप लगाए ।
भेटपछि एमाओवादी नेता अग्निप्रसाद सापकोटाले ५ माघ रातिको बैठकमा भाँचिएका माइकमध्ये प्रतिपक्षतर्फको मर्मत नगरिएको प्रति आपत्तिसमेत जनाए ।
त्यसरात सभासद्हरुले मदिरा सेवन गरेर आएको भन्ने आरोपको खण्डन गर्दै उनले कुनै पनि सभासद्ले त्यसो नगरेको दाबी गरे ।
