समाचारबिहीबार, माघ ८, २०७१
नेताहरुबीच सभाध्यक्ष नेम्वाङको पहलमा छलफल
८ माघको संविधानसभाको बैठक केही बेरका लागि स्थगित भएपछि सभाअध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।
आधा घण्टाका लागि भन्दै स्थगित भएको ८ माघको संविधानसभा बैठक अझै ढिलो गरी शुरु हुुने भएको छ । सभाध्यक्ष नेम्वाङले संविधान जारी नहुनुको कारण र आगामी कार्यसूची बारे जनतालाई जानकारी दिनका लागि पनि दलहरुबीचमा छलफल हुनु पर्ने भन्दै छलफलका लागि पहल गरेका हुन् ।
नेताहरुबीच छलफलपछि मात्रै संविधानसभा बैठक शुरु हुनेछ ।
