समाचारबिहीबार, माघ ८, २०७१

नाराबाजीबीच प्रश्नावली समिति बनाउनुपर्छः गुरुङ

हिमालखबर

नेपाली कांग्रेसका नेता धनराज गुरुङले विपक्षीको नाराबाजीबीच नै सभाध्यक्षले प्रश्नावली समिति बनाउनुपर्ने बताएका छन् ।

देशले संविधान चाहेकाले संविधानसभालाई अव बन्धक बनाइरहन नमिल्ने गुरुङले बताए । गुरुङले भने, “अव सभाध्यक्षले नाराबाजी बीच नै भएपनि प्रश्नावली समिति बनाएर प्रकृया अघि बढाउनुपर्छ ।”

उनले भने, ‘‘गरीब जनताबाट उठेको राजश्वबाट तलब लिएर बसेका ६०१ सभासद्ले जसरी पनि संविधान ल्याउँनुपर्छ, सभाध्यक्षले नाराबाजीबीच नै प्रश्नावली समिति बनाउँनुपर्छ ।’’

गुरुङले नजुट्ने सहमतिको नाममा अव संविधानसभालाई बन्धक बनाउन नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>