समाचारबिहीबार, माघ ८, २०७१
माइतीघर-तीनकुने सडकमा सवारी सञ्चालनमा रोक
संविधान सभा वरपर प्रदर्शन हुन थालेपछि माइतीघर-तीनकुने सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
विभिन्न राजनीतिक दल, संघ संस्थाका कार्यकर्ताहरु नयाँ बानेश्वर नजिक मुख्य सडक भेला भएर धर्नाका कार्यक्रम गर्न थालेपछि सवारी साधन सञ्चालनमा वाधा पुगेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
उक्त रुटमा सवारी सञ्चालनमा रोक लागेपछि काठमाडौंका अन्य सडकहरुमा पनि जाम बढेको छ ।
