समाचारबिहीबार, माघ ८, २०७१

चार पक्षीय बैठक जारी

हिमालखबर

संविधानसभाको ८ माघको बैठक स्थगित भएलगत्तै शुरु भएको  चार पक्षका प्रमुख  नेताहरुको बैठक जारी छ ।

संविधानसभा बैठकलाई कसरी अगाडि बढाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

संविधानसभा भित्रको बेग्लै कक्षमा जारी बैठकमा शुरुमा अनुपस्थित रहेका एमाले अध्यक्ष केपी ओली र एमा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि पछिल्लो समय बैठकमा पुगेका छन् । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको पनि उपस्थिति छ ।

दलहरुले गरेको प्रतिवद्धता अनुसार ८ माघमा संविधान जारी गर्न नसकेपछि जनतालाई के भन्ने र कसरी अगाडि बढ्ने बारेमा दलहरु छलफलमा जुटेका हुन् ।

प्रमुख दलका नेताहरुको बैठक लम्विएपछि आधा घण्टाका लागि भन्दै स्थगित गरिएको बैठक सवा तीन घण्टा वित्दा पनि बस्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>