समाचारबिहीबार, माघ ८, २०७१

संविधानसभामा प्रमुख नेताहरुले बोल्ने

हिमालखबर

एमाओवादी मोर्चाको नाराबाजीपछि लगातार अवरुद्ध हुँदै आएको संविधानसभामा दलका  प्रमुख नेताहरुलाई बोल्न दिने तयारी भएको छ ।

संविधानसभा कार्यतालिका अनुसार संविधान जारी हुनुपर्ने अन्तिम दिन ८ माघमा पनि एमाओवादी मोर्चाले नाराबाजी गरेर संविधानसभा बैठक सञ्चालन हुन नदिएपछि सभाध्यक्ष सुवास नेम्वाङले आधा घण्टाका लागि स्थगित गरेको बैठक पुनः सञ्चालन गरेर नेताहरुले बोल्ने भएका हुन् ।

उनीहरुले संविधान आउन नसकेको विषयबारे धारणा राख्नेगरी पुनः बैठक शुरु हुने एक नेताले बताए । यसबारे सभाध्यक्ष नेम्वाङले दलका नेताहरुसँग छलफल गरेका थिए ।

संविधान आउन नसकेको विषयमा धारणा राखेपछि संविधानसभाको नयाँ कार्यतालिका बनाउन तयार भएका नेताहरुबीच प्रश्नावली समितिबारे भने कुरा मिल्न बाँकी रहेको बुझिएको छ । ती नेताका अनुसार संविधान अाउन नसकेकाेमा जनतासँग माफी माग्न नेताहरुले माफी माग्नेछन् ।

नयाँ संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन नसकेपछि ५ माघमा बोलाइएको संविधानसभा बैठकमा एमाओवादी मोर्चाका सभासद्हरु तोडफोड र हातपातमै उत्रेपछि लगातार बैठक अवरुद्ध हुँदै आएको छ ।

कांग्रेस एमालेलगायतका दलहरुले पेलेर जान खोजेको भन्दै बैठक शुरु हुनअघि नै मोर्चाका सभासद्हरुले नाराबाजी र रोष्टम घेराऊ गरेर लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>