समाचारबिहीबार, माघ ८, २०७१

सवा सात बजे बोलाइएको बैठकमा पनि ढिलाई

हिमालखबर

एमाओवादी मोर्चाका सभासद्हरुले लगातार अवरुद्ध गरिरहेको संविधानसभा बैठक सवा सात बजेका लागि बोलाइएको भए पनि बस्न सकिरहेको छैन ।

यसअघि, दिउँसो १२ः४० मा बसेको बैठक केही सभासद्हरुले दुई घण्टासम्म अवरुद्ध पारेपछि आधा घण्टाका लागि भन्दै स्थगित गरिएको थियो ।

त्यसबीच, शीर्ष नेताहरुसँग छलफलमा बसेका सभाध्यक्ष सुवास नेम्वाङले सवा सात बजेका लागि बैठक बोलाएका छन् । नेताहरुको छलफल नसकिएका कारण बैठक बस्न फेरि पनि ढिलो भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>