समाचारबिहीबार, कार्तिक २, २०६९
दाहालको नयाँ प्रस्तावः राष्ट्रपतिसहितको निर्वाचन
२ कार्तिकमा कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न महाराजगञ्ज गएका दाहालले राष्ट्रपतिको पनि निर्वाचन गर्ने गरी नयाँ चुनावमा जाने र त्यसबेलाको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका छन् । यदि त्यसो नगरी संविधानसभाको पुनःस्थापना स्वीकार्ने भए वर्तमान सरकारले संविधान घोषणा गर्ने र त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनसक्ने उनको भनाई छ ।
छलफलपछि अध्यक्ष दाहालले सम्भव भएसम्म सङ्घीयतालगायत विषयमा सहमति गरी ‘संविधान घोषणा गरौँ र निर्वाचन जाऔँ’ भत्रे प्रस्ताव आफूले राखेको बताए । “निर्वाचनमा जसरी पनि जानुपर्छ, तर संविधान घोषणा गरेर जाँदा काँग्रेसलाई सरकारको नेतृत्व दिन सकिन्छ, नभए एमाओवादीकै नेतृत्वको हुनुपर्छ,” अध्यक्ष दाहालले भने ।
छलफलमा सहभागी काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जुन सरकारले निर्वाचन घोषणा गरेर गल्ती गरयो, त्यही सरकारलाई पुरस्कृत गर्न सकित्र भन्दै राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए ।
माओवादी प्रस्तावमा कांग्रेसले आन्तरिक र अन्य दलहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने पनि सिटौलाले बताएका छन् ।
युरोप भ्रमणपछि १ कार्तिकमा काठमाडौं फर्किएका दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई बिहानै कोइराला निवास पुगेका थिए ।
