समाचारबिहीबार, माघ ८, २०७१

चार पक्षीय वार्ता असफल, संविधानसभा बैठक शुरु

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाका प्रभावशाली नेता विजयकुमार गच्छदारले राखेको प्रस्तावमा मोर्चाले नै असहमति जनाएपछि दलहरुबीचको सहमतिको प्रयास असफल भएको छ ।

आजै सहमति गर्ने गरी छलफलमा जुटेका नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशकेन्द्रित दलका प्रमुख नेताहरु सहभागी बैठकमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचन प्रणाली, न्यायप्रणाली र शासकीय स्वरुपमा भएका सहमतिलाई मस्यौदा समितिमा पठाउने तथा संघीयताको विषयमा एक महिनाभित्र सहमति गर्ने गरी संविधानको मस्यौदा जारी गर्ने प्रस्ताव मोर्चाद्वारा नै अस्वीकार गरिएपछि नजिकिएको सहमति टाढिएको हो ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने, “गच्छदारजीले राखेको प्रस्ताव सकारात्मक रहेकाले त्यसमा सहमति गरौं भनेर हामीले अाग्रह गर्‍यौं, प्रचण्डजीले राजनीतिक वक्तव्य दिएर मात्र जाउँ भन्नुभयो त्यसपछि कुनै सहमति नभई बैठक टुंगियो ।”

उनले सहमति नभएको अवस्थामा अब संविधानसभामा शुरु भएको प्रक्रिया अनुसार नै अघि बढ्ने बताए ।

—————————————————————————————————

 दलहरुबीच सहमति कायम गरी अवरुद्ध संविधानसभालाई खुलाउन भन्दै नयाँ प्रस्तावमाथि छलफल शुरु भएको छ ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले दलहरुबीच छलफलका लागि राखेको प्रस्तावमा दलहरुबीच आजै सहमति गर्नेगरी छलफल अघि बढेको एमाले नेता रविन्द्र अधिकारीले बताए ।

उनका अनुसार निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा ४ माघमा कायम भएको सहमति अनुसार जाने र संघीयतामा ६ देखि ९ प्रदेशसम्म उल्लेख गरेर मस्यौदा जारी गर्ने बारेमा छलफल भइरहेको छ ।

प्रदेशको नामाकंन प्रदेशसभाले र सीमाकंन आयोगबाट निर्धारण गरिने गरी प्रदेशको संख्यामा पनि एक महीनाभित्र सहमति कायम गर्ने गरी अघि बढ्न गच्छदारले प्रस्ताव गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>