समाचारबिहीबार, माघ ८, २०७१

८ माघको बैठक पनि शुरु भएदेखि अवरुद्ध

हिमालखबर

८ माघ दिउँसो स्थगित भएर बेलुका करिब पौने ९ बजे शुरु भएको संविधानसभाको बैठक  एमाओवादीलगायतका दलहरुको  नाराबाजीबीच अवरुद्ध भएको छ ।

टेलिभिजन तस्वीर

टेलिभिजन तस्वीर

सभाको बेलमा उभिएर नाराबाजी गरिरहेका सभासदहरुलाई मर्यादापालकहरु चारैतिरबाट घेरेर राखेका छन् ।उनीहरुले लगातार नाराबाजी गरेर संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध पारिराखेका छन् । दलहरु आफैंले आज माघ ८ मा संविधान जारी गर्ने प्रतिवद्धता गरेका थिए ।

ठूलो संख्यामा मर्यादापालक खटिएकाले कुनै अप्रिय घटना हुन पाएको छैन ।

संविधानसभाको बैठक अवरुद्ध भएको यो चौथो दिन हो ।

एमाओवादी नेतृत्वको मोर्चाका प्रभावशाली नेता विजयकुमार गच्छदारले राखेको प्रस्तावमा मोर्चाले नै असहमति जनाएपछि दलहरुबीचको सहमतिको प्रयास असफल भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>