समाचारशुक्रबार, माघ ९, २०७१

कमल थापाद्वारा जनमतसङ्ग्रहको प्रस्ताव

हिमालखबर

Kamal-thapaराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व निर्धारित समयमा संविधान ल्याउन प्रमुख तीन दल विफल भएका भन्दै सङ्घीयतालगायत विवादित अन्तरवस्तुमा जनमत सङ्ग्रहबाट फैसला गर्न माग गरेका छन् ।

संविधानसभाको बैठकमा नाराबाजी जारी रहँदा पत्रकारसँगको कुराकानीमा अध्यक्ष थापाले सभाध्यक्ष सुवास नेम्वाङले नेताहरूसँग ८ माघमा गरेको छलफलका क्रममा पनि सो प्रस्ताव राखेको जानकारी दिए ।

अध्यक्ष थापाले विधि र प्रक्रियाबाट संविधान ल्याउने विषयमा आफ्नो साथ रहने भए पनि प्रक्रियाका नाममा पनि विवाद बढेकाले जनमतसङ्ग्रहमा जानु उपयुक्त हुने बताए ।

तीन दलका शीर्ष नेताबाट एक वर्षसम्म संविधानसभाको अधिकारलाई अपहरण गरिएको आरोप लगाउँदै उनले ती नेताले पद त्याग गर्नुपर्ने र सभाध्यक्ष नेम्वाङ पनि प्रक्रिया कार्यान्वयन गर्न सफल नभएकाले उनले पनि सोच्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>