समाचारशुक्रबार, माघ ९, २०७१
संविधानसभा बैठक ९ माघसम्मका लागि स्थगित
एमाओवादी र मधेशकेन्द्रित दलहरुको लगातारको अवरोधपछि ८ माघको संविधानसभा बैठक स्थगित भएको छ ।
दिउँसो अवरुद्ध भएपछि स्थगित गरी राति पौने नौ बजे शुरु भएको संविधानसभा बैठक लगातार तीन घण्टासम्म अवरोध भएपछि सभाध्यक्ष सुवास नेम्बाङले शुक्रबार ९ माघ, १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।
उनले बैठक स्थगित भएको घोषण सँगै संविधानसभाको बैठकमा अवरोध गर्नु जनादेश, नेपालको अन्तरिम संविधान र संविधानसभा नियमावलीको प्रतिकुल रहेको बताएका छन् ।
उनले भने, “ दलहरुबीच सहमति हुन नसकेपछि मैले वाध्य भएर संविधान निर्माणको विधि र प्रक्रिया शुरु गर्न चाहेको छु । प्रक्रिायमा जाँदा पनि सहमति र सहकार्यका प्रश्स्त अवसर हुन्छन् । ”
