समाचारशुक्रबार, माघ ९, २०७१

एमाओवादी माेर्चालाई ठूलो सफलताः ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ माघमा संविधान ल्याउन नदिएर एमाओवादी मोर्चाले ठूलो सफलता पाएको बताएका छन् ।

९ माघ दिउँसो एक बजेसम्मका लागि संविधानसभा बैठक स्थगित भएपछि संविधानसभा भवनबाट बाहिरिने क्रममा ओलीले एमाओवादी मोर्चालाई सही शिक्षादीक्षा दिन नसक्नु आफ्नो कमजोरी भएको बताए ।

उनले भने, ‘‘सभाध्यक्षमाथि प्रहार गर्ने, ममाथि ताकीताकी प्रहार गर्ने र संविधानसभामा तोडफोड गरेर भएपनि संविधान ल्याउन नदिएर एमाओवादीले सफलता प्राप्त गरेको छ ।’’ ओलीले एमाओवादीले खुर्सानी पोको बोकेर संविधानसभाभित्र आएपनि आफुहरुले भीडन्त नचाहेको बताए ।

उनले पहिलो वर्ष एमाओवादी मोर्चा संविधान आउन नदिएर सफल भएपनि उसको लक्ष्य पूरा नहुने बताए । संविधान जारी गर्ने पक्षमा ५५० सभासद् भएकाले जसरी पनि संविधान ल्याएरै छाड्ने बताए ।

ओलीले भने, ‘‘एमाओवादीलाई ओखती खुवाएर सुधार्न सकिन्छ कि भन्नु गल्ती भयो, तर ढुक्क हुनुहोस् संविधान आउँछ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>