समाचारशुक्रबार, माघ ९, २०७१
संविधानसभा बैठक अाज पनि चल्न नदिने मोर्चाको निर्णय
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले आजको संविधानसभालाई पनि चल्न नदिने निर्णय गरेको छ ।
एमओवादी संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले संविधानसभामा आफ्नो पुरानै कार्यक्रम अनुसार संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
यो मोर्चाले दुई तिहाईबाट संविधान जारी गर्न नदिने भन्दै ५ माघदेखि लगातार संविधानसभा बैठक अवरुद्ध गर्दै आएको छ । सभाध्यक्ष सुवास नेम्वाङले ९ माघ दिउँसाे १ बजे बाेलाएकाे बैठक अझै बस्न सकेकाे छैन ।
