समाचारशुक्रबार, माघ ९, २०७१
पशुपति विकास कोष हिनामिना विरुद्द मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति विकास कोेष हिनामिना गरेको भन्दै पूर्व सदस्य सचिवसहित ९ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्व सदस्य सचिवहरु निर्मल कुइकेल र सुशील नाहाटासहित अन्य कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारले पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्कामा अनियमितता गरेको आरोप लगाएको छ ।
कुइकेल नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष हुन् भने नाहाटा कांग्रेसका नेता हुन् । उनीहरु विरुद्द ४६ करोड ५७ लाख अनियमितता भएको अख्तियारको आरोप छ ।
